आफ्नो राजनीति सुरक्षित हुनेभए प्रचण्ड राजसंस्थाको पक्षमा उभिन्छन – शंकर भण्डारी

देशको आवाज
२३ चैत २०८० २२:१०

काठमाडौं,२३ चैत्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद शंकर भण्डारीले नेकपा माओवादी केन्द्रकाअ अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक भविश्यक सुरक्षित देखेको अवस्थामा राजसंस्था पुनःस्थापनाको पक्षमा लाग्न सक्ने आशंक व्यक्त गरेका छन् ।

देशको आवाज डटकमसँग कुराकानी गर्दै नेता भण्डारीले नेपालमा राजसंस्था पुनस्र्थापना भएर प्रचण्ड आफु राजनीतिक सुरक्षीत हुने सुनिश्चित भयो भने प्रचण्डले नै त्यसको नेतृत्व गर्न सक्ने आशंकाहरु उत्पन्न हुन थालेको बताउनुभएको हो । ‘राजनीतिमा म रहुँन्जेल उथलपुथल भइरहन्छ, अझै राजनीतिक उथलपुथल बाँकी नै छ भनेर प्रचण्डले बोलेको विषय त्यत्तिकै आएको होइन’, उनले भने–‘यो सामान्य तहबाट आएको कुरा होइन । नेपालमा राजसंस्था पुनःस्थापना हुने र प्रचण्डको राजनीति सुरक्षित हुने अवस्था आए प्रचण्डले नै त्यसको नेतृत्व गर्न सक्ने कुराका प्रक्षेपण भएको छ ।’

विश्व परिबेशलाई हेर्दा र मुलुकको राजनीतिमा २००७ साल देखि अहिले सम्म आउदा बाह्य शक्तिहरुले नेपालमाथि प्रभाव परिरहेकै छ र पर्नेवाला पनि छ । तर त्यसलाई कसरी जोगाउने भन्ने कांग्रेसको काँधमा रहेको उनले बताए । मुलुकलाई सनातन हिन्दु राष्ट्र कायम गर्नुपर्ने पक्षमा अभियान चलाउँदै आएका नेता भण्डारीले देशको आर्थिक, सामाजिक पक्षलाई बलियो बनाउन मुलुकलाई सनातन हिन्दु बनाउनुनको विकल्प नभएको बताए । हिन्दु राष्ट्र कायम गर्ने पक्षमा नेपाली कांग्रेसका अधिकांश नेताहरु एक ठाउँ रहेपनि पार्टीले निर्णय लिन हतार नगरेको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय समितिको करिव ४० प्रतिशत नेताहरु हिन्दुराज्यका पक्षमा उभिएको भण्डारीले दाबी गरेका छन् ।