विभिन्न मन्त्रालयका १३ सचिव सरुवा (को-कहाँ सूचीसहित)

देशको आवाज
२० चैत २०८० ७:५६

काठमाडौं,२० चैत्र । सरकारले विभिन्न मन्त्रालयका १३ सचिव सचिव सरुवा गरेको छ । डेढ साताअघि गरेको सचिव सरुवाको निर्णय सोमबार सार्वजनिक गर्दै सरुवा पत्र थमाएको हो। यसबीचमा सरुवाको सूचीमा हेरफेर गरेर चैत्र १५ गतेको निर्णय भन्दै सचिवहरूलाई सरुवा पत्र दिइएको कतिपय सचिवहरुले गुनासो गरेका छन् ।

यद्यपी राज्यले दिएको जिम्मेवारीमा जान्न भन्न नमिल्ने उनिहरुको तर्क छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले केही समय अघि नै सरुवा गरेको बताइएका सचिवहरुको सूची भर्खर सार्वजनीक गरेको हो ।

कुन मन्त्रालयमा कसलाई पठाइयो ?

१ घनश्याम उपाध्याय – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
२ कृष्णबहादुर राउत – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (उद्योग)
३ मुकुन्द निरौला – उपराष्ट्रपति कार्यालय
४ मधुसूदन बुर्लाकोटी – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय (जनसंख्या र प्रशासन)
५ केशवकुमार शर्मा – जल तथा ऊर्जा आयोग
६ गोपालप्रसाद सिग्देल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
७ दिनेश घिमिरे – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय (वाणिज्य)
८ नारायण शर्मा दुवाडी – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय
९ रविलाल पन्त – निर्वाचन आयोग
१० सरिता दवाडी – जलस्रोत, ऊर्जा तथा सिँचाइ मन्त्रालय (सिँचाइ)
११ सुशीलचन्द्र तिवारी – जलस्रोत, ऊर्जा तथा सिँचाइ (ऊर्जा)
१२ प्रमिलादेवी बज्राचार्य – नेपाल ट्रस्ट
१३ विश्वबाबु पुडासैनी – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (विज्ञान तथा प्रविधि)