आज विश्वासको मत लिने बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जुटाउन सकस

देशको आवाज
१९ चैत २०८० ७:२१

हेटौडा,१९ चैत्र । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची रहेको छ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको विश्वासको मतको प्रक्रिया अघि बढाइएको हो ।

यो सहित जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । आज विश्वासको मत लिने बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई बहुमत जुटाउन पर्ने देखिएको छ ।  यस प्रदेशमा एमाले(माओवादी,नेकपा एसको गठबन्धनमा ५५ जना सांसद छन् । ११० सदस्यीय रहेको बागमतीमा बहुमतका लागि ५६ सांसद चाहिन्छ । उनले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा) का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका थिए ।

तर, निर्णयविपरीत बज्राचार्य मन्त्री बन्न गएको भन्दै हानेपाले उनलाई कारबाही गर्ने बताएको छ । प्रदेशमा उक्त पार्टीका २ सांसद छन् । नेकपा एसले कट्टेललाई मत दिने नदिने अझै निर्णय नलिएकाले कटेलको मुख्यमन्त्री पद धरापमा छ ।