गृहमन्त्री लामिछानेमाथि छानबिन नभए सदन चल्न सक्दैन -कांग्रेस

देशको आवाज
७ चैत २०८० १३:२९

काठमाडौं,७ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरे सदन चल्ने नदिने चेतावनी दिएको छ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको हो। बैठकमा बोल्दै कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले स्वार्थ बाझिएका लामिछानेमाथि छानबिन गर्नै नहुने गरी उनी स्वर्गबाट आएका हुन् भन्दै प्रश्न गरिन्।

मंगलबार गृहमन्त्री लामिछानेले कांग्रेसले ४ वर्ष संसद् अवरोध गरे पनि सरकारले काम गरिरहने भनेर दिएको अभिव्यक्तिप्रति उनले आपत्ति जनाइन्। न्यौपानेले समिति नबनेर सदन चल्न नसके दोष सत्ता पक्षले लिनुपर्ने बताइन्।

“छानबिन समिति गठन गर्न किन डराएको रु बालकुमारी घटनाको विषयमा उफ्री उफ्री कुदेको हैन, उहाँको विषयमा समिति गठन गर्नुपर्‍यो भन्दा किन भागेको रु उहाँ स्वर्गबाट आएको हो रु हामी मात्र यहाँको जन्मिएको उहाँ चाहिँ स्वर्गबाट आएको। यसले झन् शंका उब्जाएको छ,” उनले भनिन्।