सुन काण्डमा पक्राउ परेका महरालाई प्लेन चढाएर सीआईवी कार्यालय

देशको आवाज
५ चैत २०८० १३:३८

काठमाडौं,५ चैत्र  ।  सुन तस्करी प्रकरणमा मुछिएका नेकमा माओवादी केन्द्रकाउपाध्यक्ष एवं पूर्व गृहमन्त्री कृष्णबहादुर महरालाई काठमाडौं ल्याईएकाे छ ।

आज बिहान भारततिर लागेका महरालाई कपिल्बस्तुबाट पक्राउ गरिएकाे थियाे । प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्षले भारत भगाउन खाजेपनि उनी भाग्न सफल नभएकाे विशेष श्रातकाे दाबी छ । महरालाई यती एयरलाइन्सको विमानबाट काठमाडौंमा ल्याईसकिएकाे प्रहीकाे कन्द्रीय अनुसन्धान व्युराे सीआईवीले जनाएकाे छ । काठमाडौँ ल्याइँएका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोमा राखिएको छ ।

ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले महरालाई विमानस्थलबाट गाडीमा लाजिम्पाटस्थित सिआईबीको कार्यालयमा लगेका थिए । भेप प्रकरणमा थप अनुसन्धानका लागी उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ । उनी यश अघि राेशनी काण्डमा लामाे समय जेल परेर धराैटीमा छुटेका थिए ।