घर छाडेर हिडेका साढे ४४ लाख मध्य २२ लाख विदेशमा

देशको दुरावस्था

देशको आवाज
४ चैत २०८० २१:४६

काठमाडौं, ४ चैत । घर छाडेका हिडेका नेपालमा नागरिक मध्य आधा विदेश पलायन भएका र आधा् स्वदेशकै सिवभिन्न शहर केन्द्रीय बसोबास गरेको तथ्यांक सार्वजनीक भएको छ । साढे ४४ लाख भन्दा बढीले घर छाडेर हिडेका मध्य २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको हो ।

कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसंख्याको १५.३ प्रतिशत हो । सहरभन्दा ग्रामिण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्यांकमा देखिन्छ । घर छाडेको जनसंख्यामध्ये २२ लाख ६७ हजार २३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको देखिएको छ । २१ लाख ९० हजार ५९२ जना नेपाली भने विदेशमा रहेको तथ्यांक छ । कार्यालयले २०७८ सालको जनगणनाका थप तथ्यांकहरु आइतबार सार्वजनिक गरेको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरु देखिन्छन् ।

तराईबाट ११ प्रतिशतले घर छाड्दा हिमालबाट २१.६ र पहाडबाट २०.३ प्रतिशत घरमा ६ महिना भन्दा लामो समय नबसेको देखिएको छ । घर छाड्नेमा पुरुषको जनसंख्या महिलाको तुलनामा धेरै देखिन्छ । विदेश जानेको संख्या अघिल्ला जनगणनाहरुको तुलनामा क्रमशः बढ्दै गएको समेत देखिएको छ ।