नयाँ गठबन्धनमा भागबन्डाको किचलो शुरु

देशको आवाज
२१ फागुन २०८० २३:०९

काठमाडौं,२१ फागुन । नयाँ सत्ता समीकरण गरेको माओवादी–एमाले भित्र भागबन्डाको किचलो शुरु भएको छ । एमाले माओवादी, रास्वपा र जसपाका शीर्ष नेताबीच पटक पटक छलफल गर्दापनि सोमबार कसले के कति मन्त्री पाउने भन्ने विषयमा सहमति जुट्न नसकेको हो । सोमबार नै माओवादी,एमाले र रास्वपाका अध्यक्ष रवी लामिछानेसहित नेताहरुले मन्त्रीको सपथ लिन भनिएपनि गठबन्धनमा भागबन्डा नमिल्दा मन्त्री पठाउने काम थाति राखेको नेताहरुले बताएका छन् ।

यो गठबन्नधमा राप्रपा भने भाग नलिने जनाएको छ । उक्त दलका उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाले आन्दोलनको घोषणा नै गरिसकेकाले अहिले सरकारमा सहभागी नहुँने बताउनुभयो । सत्ताधारी दलहरुमा गृह अर्थसहितका महत्वपूर्ण मन्त्रालय भागबन्डामा कुरा मिल्न सकेको छेन् । रास्वपाका अध्यक्ष रवी लामिछानेले उपप्रधान गृहसहित पाँच मन्त्रालय मागेपछि गठबन्नधनभित्र सुरुमै तनाव उत्पन्न भएको नेताहरुले दाबी गरेका छन् । नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँटलगायत आन्तरिक व्यवस्थापन मिलाउन ४ सदस्यीय कार्यदल बनेको छ । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् ।