नयाँ गठबन्धनको वालकोटमा ड्राफ्ट

देशको आवाज
२० फागुन २०८० २२:३३

काठमाडौं,२० फागुन । शक्ति केन्द्रहरुको इशारामा नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न भएको छ । नेपाली कांग्रेसको मुख्य सहयोगमा बनेको वर्तमान आठ दलीय समीकरणको सरकारमा एका एक फेरबलदको संकेत देखिएको हो । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शार्मा ओलीबीच आजै तीन पटक भेटवार्ता भएको छ ।

पछिल्लो पटक राती ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालवाटारमा प्रचण्ड ओलीबीच भेट भएको हो । प्रधानमन्त्री दाहालले बोलाएको आकस्मीक छलफलमा एमाले अध्यक्ष केपी ओली,महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने ,माओवादी उपमहासचिव बर्षमान पुन,उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव थिए ।

उनिहरुबीच २ घण्टा लामो छलफल भएको छ । छलफलमा राष्टियसभा अध्यक्ष र टीआरसी र समसामयिक राजनीतिका बा्रेमा कुरा भएको एमालेका एक नेताले देशको आवाजलाई बताए । उनका अनुसार वर्तमान सत्ता गठबन्धन परिवर्तन समेतका विषयमा छलफल भएको छ । नयाँ गठबन्धनको स्वरुपका विषयमा भने बालकोटमा ड्राफ्ट तयारी हुँदै गरेको बताइएको छ ।