गायक रामप्रसाद अबस्थीको जनचेतनामुलक म्युजिक भिडियो बजारमा

देशको आवाज
१८ फागुन २०८० १६:३१

काठमाडौं, १८ फागुन । गायक तथा संगितकार रामप्रसाद अबस्थीको लागुऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामुलक म्युजिक भिडियो सहितको गीत सार्वजनीक भएको छ । उहाँकै परिकल्पना शब्द तथा संगितमा रेकर्ड गरिएको उक्त गीतको निर्देशन गुरु आमाले गर्नुभएको छ भने सान्ति श्री परियारले स्वर दिनुभएको छ ।

सो म्युजिक भिडियोमा अन्जली अधिकारी, रामप्रसाद अबस्थी र आयुसा गौतमले अभिनय गरेका छन् । नेपाल प्रहरी लागुऔषध नियन्त्रण व्युरो काठमाडौं र टोखा नगरपालिकाको सहकार्यमा निर्मित उक्त गीतमा लागु औषध दुव्र्यसनी र त्यसबाट पर्ने असरका बारेमा सचेत गराइएको छ । डेढ दशक अघिबाट गीत संगितको क्षेत्रमा क्रियाशिल अबस्थीले यस अघि पनि थुप्रै गीत तथा म्युजिक भिडियो रेकर्ड गरिसक्नुभएको छ ।

उहाँको यो गितले लागुऔषध कारोबार तथा सेवनबाट मानीसको जीवन कसरी बिग्रन सक्छ र यसबाट कसरी छुटकरा पाउने भन्ने सन्देश दिएको छ । यो गीत आम नेपालीको जीवनमा महत्वपूर्ण हुने भएकाले एक पटक हेर्नकालागि गायक अबस्थी र गीतको सहकार्यमा हातेमालो गर्ने प्रहरी कार्यालयले समेत अनुरोध गरेको छ । उक्त गीत प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले विमोचन गर्नुभएको थियो । विमोचन समारोहमा गायक तथा संगितकार अबस्थीलाई प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले सम्मान समेत गरेको छ ।