मुद्र्ण उद्योग महासंघको पाँच औं महाधिवेशन सम्पन्न नयाँ कार्यसमितिले लियो शपथ

देशको आवाज
२२ माघ २०८० ७:४२

काठमाडौं । नेपाल मुद्र्ण उद्योग महासंघको १० औं साधारण सभा तथा पाँचौ महाधिबेशन सम्पन्न भएको छ । महाधिवेशनबाट विष्णु तिवारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ । यही माघ २० गते काठमाडौंमा सम्पन्न १० औं साधारण सभा तथा पाँचौ महाधिबेशनबाट ४३ जनाको कार्य समिति निर्वाचित भएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा गोपाल प्रसाद ढकाल निर्वाचित हुनुभएको छ भने पर्थम उपाध्यक्षमा राज कुमार घिमिरे, द्वितीय उपाध्यक्ष मनोज कुमार जि.सी निर्वाचित हुनुभयो ।

महासंघको सिवधान अनुसार कोशी प्रदेशबाट उपाध्यक्षमा युवराज डांगी, मधेश प्रदेशबाट सिताराम साह, बागमती प्रदेशबाट इन्द्र प्रसाद नेपाल, गण्डकी प्रदेशबाट महेन्द्र बजिमय, लुम्बिनीबाट मिना सुबेदी ढकाल , कर्णालीबाट सोमराज ढकाल र सुदुरपश्चिम प्रदेशबाट मणिकान्त मिश्र निर्वाचित हुनुभएको छ । महासंघको महासचिवमा अर्जुन प्रसाद सापकोटा आउनुभएको छ भने उप महासचिव चण्डी ढकाल निर्वाचित हुनुभएको छ ।

सचिवमा नारायण भट्टराई सह सचिव(खिलनाथ लुइटेल र कोषाध्यक्षमा निराजन नरसिंह शाक्य निर्वाचित भएको नव निर्वाचित सह सचिव खिलानाथ लुइटेलले जानकारी दिनुभयो । महासंघको छापा तथा मुद्र्ण उद्योग सम्बन्धी व्यवसायको व्यवसायिक विकास, विस्तार र नवप्रबद्र्धनमाजोड दिदै व्यवसायिक हक अधिकारका पक्षमा काम गर्दै आएको लुइटेलले बताउनुभयो । निर्वाचिन नयाँ कार्यसमितिले पद तथा गोपनीयताको शपथ लिएर कार्यप्रारम्भ गरिसकेको महासंघले जनाएको छ ।