दोलखाली समाज दक्षिण कोरियाबाट सात दर्जन बिद्यार्थीलाई न्यानो कपडा सहयोग

देशको आवाज
२२ माघ २०८० ७:०८

काठमाडौं,२२ माघ । विदेश बसेर पनि आफ्नै गाउप्रतिको सम्झना र त्यहाको आवश्यकतामा इट्टा थप्ने उद्देश्यका साथ दोलखाली समाज दक्षिण कोरियाले श्री देविस्थान आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । समाजका अध्यक्ष अभि थापाको अनुरोधमा न्युजिल्यान्डमा रहेका रामराज ओलि र दक्षिण कोरियामा रहनुहुने नवीन शिवाकोटि, नवराज शिवाकोटी र पुरुशोतम शिवाकोटीबाट प्राप्त ६५ हजार रकमबाट कालिन्चोक गाउँपालिका वडा नं ८ सुनखानिमा रहेको श्री देविस्थान आधारभुत विद्यालयका विद्यार्थीलाई ८५ जोर ट्रयाक सुट सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष अर्जुन शिवाकोटीले विद्यार्थीलाई उक्त कपडा वितरण गरे । “तपाईं हाम्रो सुख दुखको साथि दोलखालि समाज, दोलखालि समाज दोलखालिको हितमा” भन्ने मूल उद्देश्यका साथ स्थापना भएको यो समाजले पटक पटक यस्ता धेरै सहयोगहरु गर्दै आएको दाबी गरेको छ । समाजका अध्यक्ष थापाले आफुले पढ्ने बेलामा जाडो मौसमा पाएको दुख पिडालाई सम्झेर अहिले त्यो समाजमा रहेका अनाथ, दलित र विपन्न वर्गका विद्यार्थीलाई सहयोग गरेको बताए ।

दोलखालि समाजले दोलखाको शैक्षिक क्षेत्रमा विभिन्न विद्यालय र विद्यार्थीलाई सहयोग गर्दै आएको साथै विपन्न परिवार, दिर्घ रोगि, विपतलगायतका क्षेत्रमा आवश्यक सहयोग गर्दै आएको जनाएको छ । जाडो मौसममा न्यानो कपडा पाउदा विद्यर्थिहरु समेत खुसी भएका छन भने विद्यालय र अभिभावकहरुले सहयोगी मनहरुप्रति आभार व्यक्त गरेका छन् ।