कार्यतालिका अनुसार संसद् चलाउने सहमति

देशको आवाज
२० माघ २०८० ८:५६

काठमाडौं,२० माघ । माघ २२ बाट सुरु हुने संसद्को हिउँदे अधिवेशनलाई व्यवस्थित र कामयापी बनाउन कार्यतालिका अनुसार संसद् चलाउने सहमति भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले र प्रमुख सचेतक र सचेतकहरुको बैठकमा संसद्लाई कार्यतालिकाअनुसार सञ्चालन गर्ने र आगामी अधिवेशनबाट बढीभन्दा बढी कानूनहरु पारित गर्ने विषयमा सहमति भएको हो ।

छलफलमा संसद् सचिवालयले आगामी अधिवेशनको कार्यतालिका प्रस्तुत गरेको छ भने प्रस्तावित कार्यतालिकाअनुसार संसद् सञ्चालन गर्न दलहरुले पनि सभामुख घिमिरेसँग आग्रह गरेका छन् । शुक्रबार साँझ सिंहदरबारमा बसेको सभामुख र प्रमुख सचेतकरसचेतकहरुको बैठकमा संसद्लाई कार्यतालिकाअनुसार सञ्चालन गर्ने र आगामी अधिवेशनबाट बढीभन्दा बढी कानूनहरु पारित गर्ने विषयमा सहमति जुटेको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

ुहिउँदे अधिवेशनमा कसरी अघि जाने ? के गरी जाने ? भन्ने पूर्वतयारीका रुपमा छलफल भएको छ । हिउँदे अधिवेशनमा बढीभन्दा बढी विधेयक पारित हुन्छन् र कानून बन्छ । अहिलेको बैठकमा कार्यतालिकाका विषयमा समेत छलफल भयो, प्रमुख सचेतक लेखकले भने । निश्चित क्यालेण्डर बनाउने, र त्यो क्यालेण्डर अनुसार अघि बढ्ने भन्ने कुरा भएको उनको भनाई छ । संसदीय सुनुवाई समितिको सभापति छिट्टै चयन हुने भन्दै लेखकले विश्वास ब्यक्त दाबी गरे ।

एमाले प्रमुख सचेतक पदम गिरीले संसद् बैठक, समिति बैठक र जिल्ला भ्रमणको समय व्यवस्थापन हुने गरी छलफल भएको बताए । प्रस्तावित कार्यतालिका प्रस्तुत भयो, अब संसदका बैठकहरु कसरी प्रभावकारी बनाउने, समितिका बैठकहरु पनि कसरी प्रभावकारी बनाउने भन्नेबारेमा छलफल भएको छ, उनले भने ।