रुस–युक्रेन युद्धको भयाबह र कहालिलाग्दो अवस्था

मृतक नेपालीको संख्या एकिन छैन्, हाल सम्म १६ तस्वीर सार्वजनीक

जीवन शर्मा
१२ फागुन २०८० २२:३१

काठमाडौं,११ फागुन । रुस–युक्रेन युद्धका कारण रुसको स्थिति भयाबह छ भने त्यहाँ रहेका नेपालीहरुको अवस्था कहालिलाग्दो छ । युद्धमा मारिने नेपालीको संख्या दैनिकजसो बढ्दोक्रममा रहेपनि कति नेपालीले ज्यान गुमाए भन्ने तथ्यांक हाल सम्म कसैसँग छैन् । रुसी सेनामा कार्यरत नेपालीहरुले त्यहाँको अवस्था भयावह रहेको र युद्दका क्रममा मृत्यु हुनेको संख्या बढीरहेको बताएपनि घटनाको वास्तविक अवस्था केलाएर तथ्यांक संकलनकार्य हुन सकेको छैन् ।

यद्यपि रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमैदानमा मृत्यु भएका १६ नेपालीको तस्वीर सार्वजनीक भएको छ । रुसी सेनामा लागेका १२ नेपालीको मृत्यु भएको तथ्यांक सरकारले राखेपनि हालसम्म मृत्यु हुनेको संख्या १६ पुष्टि भएको दाबी सहित शनिबार मृतकका आफन्त र अभियान्ताहरुले तस्वीर सार्वजनीक गर्दै दीपप्रज्वयलनसहित श्रद्दाञ्जलीसभाको आयोजना गरेका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गरी तस्वीर सहितको तथ्यांक सार्वजनीक गर्दै पिडित परिवार तथा नागरिकको जीवन रक्षाका लागि सचेतना अभियानका अभियान्ता कृतु भण्डारीले वेलारुसमा नेपालीहरुको अवस्था भयाबह भएको बताइन् ।

रुसी सेनामा भर्ना भएका नेपालीहरुको तथ्यांक सरकारसँग नभएको, मृतकको शव अझेसम्म परिवारले प्राप्त गर्न नसकेको, घाइतेहरुको आवश्यक उपचार र मृतक परिवारले पाउने क्षतिपुर्तिको प्रकृयाका सम्बन्धमा सरकारी तहबाट खासै काम हुन नसकेको उहाँले टिप्प्णी गरिन । शुत्र,बार राती मात्रै युद्धमा थप केही नेपालीहरुको मृत्यु भएको खवर त्यहाँका नेपालीहरुबाट प्राप्त गरेको उनको भनाई छ । सरकारसँग मृत्यु भएका १२ र युक्रेनी सेनाको कब्जामा रहेका ५ को तथ्यांक भएपनि २६ जनाका आफन्तले मृत्युसंस्कार गरिसकेका छन् । ‘आफ्नो परिवारका सदस्यलाई उद्दार गरिदिन एक हजार बढी व्यक्तिहरुले आग्रह गर्दै सम्पर्कमा आएका छन्’, अभियान्ता कृतु भण्डारीले भनिन् ‘एक दिन अघिमात्रै युद्धमैदानमा रहेका रुसी सेनामा कार्यरत एक नेपाली कमाण्डरले फेरी २९ जना नेपालीको मृत्यु भएको भनेका छन् । युद्धमा होमिएका रुसीसेनाबाटै खवर आएपनि उनीसँग थप कुरा कानी हुन सकेको छैन ।  त्यसकारण यसको आधिकारिकता भने पुष्टि भसकेको छैन् । तर, मान्छेहरु मरे भन्ने जानकारी आएको छ ।’

हाल रुसमा नेपालीको संख्या १४ हजा बढी रहेको बताईएको छ । रुसी सेनामा भर्ना भएर बेपत्ता भएका पाँच सयको तथ्यांक संकलन भइसकेको अभियान्ता भण्डारीले बताइन् । सन् २०२२ फेब्रुअरी २४ देखि जारी रुस र युक्रेनबीचको युद्ध साम्य नहुँदै रुस सरकारले युक्रेनमाथि हमलागर्न थप शक्ति सञ्चयका लागि नेपालसहित अन्य मुलुकबाट रुसी सेनामा भर्नाको आब्हान गरेसँगै नेपालीहरु रुसी सेनामा भर्ना हुने गैरकानुनी ढंगले गएका थिए । रुस सरकारले एक वर्षमै त्यहाँको नागरिकता दिने, तलब सुविधा राम्रो हुने, सेनामा भर्ना हुने उमेर ४५ वर्ष सम्म लगायतका योजना दिएपछि बेरोजगार रहेका नेपालीहरुले जुनसुकै बाटो भएरपनि रुस जाने गरेको पाइएको छ ।

यसरी गएर युद्धमा मृत्यू भएका, घाईते, बेपत्ता र त्यहा रहेका नेपालीको उद्दार राहतसँगै स्वदेश फिर्ता ल्याउने सवालमा नेपाल सरकारले गम्भीरताका साथ काम गरेको दाबी गरेको छ । तर, सरकारसँग मृत्यु भएका १२ र युक्रेनी सेनाको कब्जामा रहेका ५ को तथ्यांक भएपनि २२ जनाका आफन्तले मृत्युसंस्कार गरेको दाबी सार्वजनीक भएपछि सरकारले पछिल्लो थप काम गर्न नसकेको टिप्पणी हुन थालेको छ । रुसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको खवरले रुसमा रहेका नेपाली नागरिकका आफन्तले चडो उद्दार गरिदिन सरकार समक्ष हारगुहार गरिरहेका छन् । कन्सुलर सेवा विभागले करिब एक सय ५० परिवारका सदस्यले उद्धारका लागि आवेदन दिएको जानएको छ ।

मन्त्रालयको तथ्यांकमा हालसम्म गोरखाका सन्दिप थपलिया, कपिलवस्तुका रुपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गङ्गाराज मोक्तान, कुन्दन सिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रुसी सेनामा कार्यरत रहँदा निधन भएको जनाएको छ । यसैगरी रुस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका थिए । रुसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको मन्त्रालयले जनाएको छ ।

यता अभियान्ताहरुले उनिहरुको उद्दारमा चाडो पहल गर्न संयुक्त राष्ट्रसंघ, रुसी राजदुताबास, नेपाल सरकार र दलहरुलाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ । प्रधानमन्त्रीलाई प्राप्त तथ्यांकसहित ध्यानाकर्षण बुझाउन पटक पटक प्रयास गर्दापनि प्रधानमन्त्रीले समय नसदएको उनिहरुको गुनासो छ । रुसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसामार्फत खाडीका मुलुकबाट त्यहाँ गएका पाइएको छ । सरकारले रुस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको जनाएको छ । साथै बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिसकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईल बताए ।