धादिङको थाक्रे गाउँपालिका–८ मा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु , ५ घाईते

देशको आवाज
१२ फागुन २०८० २१:४५

धादिङ,११ फागुन । दक्षिणी धादिङको थाक्रे गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् । मृत्यु हुनेमा थाक्रे–८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो नौबिसेबाट काउले जाँदै गरेको बा १६ च ८११३ नम्बरको सिङ्गल क्याबिनका बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ, शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् । घाईतेहरुको काठमाण्डौँ स्थित ट्रम सेन्टरमा उपचार भैरहेको छ । मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पताल बाट पोस्ट मार्टमको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।