राष्ट्रपतिलाई आयाेगले बुझायाे राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन

देशको आवाज
१४ माघ २०८० १६:१७

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेश गरेको छ । र शीतल निवासमा आइतवार आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगको प्रतिवेदन पेश गर्नुभएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीति दलहरूसँग छलफल गरी निर्वाचन आयोगले निर्वाचनलाई अझ स्वतन्त्र, धाँधलीरहित र निपक्ष बनाउन आवश्यक रहेको बताउनुभयो ।फागुन २० गतेदेखि राष्ट्रियसभाको ६ वर्षे कार्यकाल समाप्त भएर रिक्त २० सिट मध्ये १९ सिटका लागि माघ ११ गते निर्वाचन सम्पन्न भएको थियो ।