चापाकोट नगरपालिकाको योजना: सामुदायिक विद्यालयमा पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा

देशको आवाज
२६ पुष २०८० २२:१५

काठमाडौं,२६ पुस । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन यो कार्यक्रमलाई अगाडी ल्याइएको नगरप्रमुख देवबहादुर खाँणले बताए ।

यो कार्यक्रम नगरपालिका भित्रका सबै सामुदायिक बिधालयहरुमा लागू गरी सामुदायिक विद्यालयमा छोराछोरी पढाएमा अभिभावक तथा विद्यार्थीका लागि स्वास्थ्य बीमा लागू हुने उनको भनाई छ । यस कार्यक्रमले सामुदायिक विद्यालय प्रति आकर्षण बढाउन सकिने र अभिभावक तथा विद्यार्थीका लागि अबसर पनी हुने मा नगरप्रमुख खाँण ले विश्वास व्यक्त गरे । नगरपालिकाले विशेषगरी विकट तथा आर्थिक रुपले पिछडिएका क्षेत्रका अभिभावकको स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्राथमिकतामा राखीने जनगरपालिकाले जनाएको छ ।