बी.के. पाल्पालीको ४९ औं जन्मजयन्ती तथा स्मृति दिवश

देशको आवाज
१९ असोज २०८० १२:५३

काठमााडौं,१९ असोज । काव्य घर नेपालको साहित्य बिभाग पेरोल काव्य घर नेपालको आयोजनामा कुशल पत्रकार तथा प्रशिद्ध साहित्यकार एवं सम्पादक बी.के. पाल्पालीको ४९ औं जन्मजयन्ती तथा स्मृति दिवस मनाईएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्याय ‘प्रेक्षित’को प्रमुख आतिथ्यता तथा बरिष्ठ पत्रकार गोपाल थपलियाको सभापतित्वमा सो कार्यक्रम गरिएको हो ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य बिभाग प्रमुख निवर्तमान प्राज्ञ प्रा.डा. हेमनाथ पौडेल तथा समालोचक प्रा.डा.सावित्री मल्ल कक्षपति, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली,फित्कौली डट.कम का प्रमुख नरनाथ लुईंटेल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य चेतनाथ धमला नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईँ र सदस्य शान्तराम बिडारी लगायतको उपस्थिति रहेको थियो ।

स्मृति दिवशको कार्यक्रममा बी.के. पाल्पालीको कृतित्व र व्यक्तित्वको स्मरण गरे । नेपाली साहित्यिक फाँटमा गहन योगदान दिएका पाल्पाली आफ्नो जीवनको उच्चतम सदुपयोग गर्दै जीवन्त रुपमा उर्जामय र सिर्जनात्मक रुपमा नेपाली साहित्य पारखीमाझ बाँचेका प्रमुख अतिति प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य सचिव जगत् उपाध्यायले बताउनुभयो । पाल्पालीले नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याउनु भएको योगदानको वक्ताहरुले खुलेर प्रशंशा गरेका छन् ।