दलहरुको बेथिति र जनआक्रोश बढ्दै जाँदा हुने आन्दोलनको अग्रपंक्तिमा रास्वपा रहन्छ -लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलहरूका गतिविधि र नागरिकका मनमा उब्जिएका विचार आफूहरुले नजिकबाट नियालिरहेकाे बताउनु भएकाे छ। रास्वपा काेशीकाे विस्तारित बैठकलाई आज सुनसरीकाे इटहरीमा सम्बाेधन गर्दै सभापति लामिछानेले दलहरुकाे बेथिति र जनआक्रोश बढ्दै जाँदा स्वत: हुने आन्दाेलनकाे अग्रपंक्तिमा रास्वपा रहने समेत बताउनु भएकाे हाे।
पुराना दलहरूको बेथिति बढार्न नागरिककाे विश्वास रास्वपाप्रति बढिरहेकाे भन्दै सभापति लामिछानेले त्यसकाे आधिकारिक पुष्टि २०८४ सालकाे संसदीय निर्वाचनले गर्ने बताउनु भयो। रास्वपाप्रति विश्वास र अपेक्षा भएअनुसार प्रश्नसमेत रहेकाे स्वीकार गर्दै सभापति लामिछानेले सबै प्रश्नकाे जवाफ कामले नै पनि बताउनु भयाे। ‘रास्वपाका कारण देशका दुई ठूला मुख्य प्रतस्पर्धी दल मिलेर सरकार बनाएका छन्।
अनि, उनीहरु नै रास्वपा कमजोर भयो भनेर हल्ला पिट्छन्। याे विराेधाभाष भयाे’ लामिछानेले भन्नुभयाे। विस्तारित बैठकलाई सम्बाेधन गर्दै उपसभापति डीपी अर्यालले इमान्दारपूर्वक संगठन बिस्तारमा लाग्दै जनजीविकाका मुद्दासिहत स्थानीय तहको भ्रष्टाचारबारे आवाज उठाउन सदस्यहरुलाई आग्रह गर्नुभयाे।
प्रतिक्रिया दिनुहोस