आगामी निर्वाचन यात्रामा कांग्रेस-एमालेमाथि चुनौति
काठमाडौैं । आम निर्वाचन २०७९ मा पहिलो र दोस्रो सिट पाएका नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यभएसंगै दुवै दलमाथि आइपर्ने जोखिम व्यवस्थापनको चुनौति थपिएको छ । मुख्य प्रतिस्पर्धि दलबीचको सत्ता सहकार्यले आगामी निर्वाचनसम्म एक अर्काप्रतिको इमान्दारीता र आपसी सहिष्णुता कायम राख्दै जस–अपजस दुबैले बराबर लिनुपर्ने बाध्यात्मक अवस्थाले उनिहरुमाथि सांगठनीक चुनौती बढेको हो ।
को पहिलो हुने भन्ने राजनीतिक लडाईँमा आपसी आरोप प्रत्यारोपसहित एक अर्काप्रतिका कमीकमजोरीलाई छताछुल्ल बनाउने बानी परेका दलबीचको सत्ता सहकार्यले तल्लो तहका नेता कार्यकर्तालाई भाषणको मसला अभाव हुन थालेको कार्यकर्ताहरुले स्वीकार गरेका छन् । । सत्तारोहणका उपायहरु खोज्दै जनमतमा पहिलो हुने प्रतिष्पर्धात्मक शक्ति संघर्षमा रहेका दुई दलको मिलनले भुगोलको राजनीतिमा अप्ठ्यारो पर्ने विभिन्न तहका नेताहरुले टिप्पणी गरेका छन् । सरकारमा सँगै भएपछि आपसी मत भिन्नता राख्न असहज हुने र आफ्ना एजेण्डा हराउने जाने उनिहरुमाथि डर बढेको छ । आगामी निर्वाचनसम्म आम कार्यकर्तामाझ के भनेर जाने भन्ने अन्यौलता देखिन थालेको नेताहरुले टिप्पणी गरेका छन् ।
सत्ता सहयात्राको मुख्य दल नेपाली कांग्रेसका सहमहामन्त्री पाण्डेले एमालेसँग मिलेर सरकार बनाउनु आफैँमा जोखिम भएको बताए । उनले पार्टीको केन्द्रीय समिति बैठकमा दुबैदलबिच हुने तल्लो तहका द्वन्द्वलाई कसरी व्यवस्थापन गर्दै जाने भन्ने विषय गम्भीर भएको बताए । पाण्डेले भने– ‘सहकार्य र प्रतिस्पर्धाको स्पष्ट सीमांकन दुवै पार्टीले गर्नुपर्छ । ८४ को चुनावको व्यवस्थापन र त्यतिन्जेलको सत्ता संचालनको सहकार्यलाई मिलाएर जानु पर्ने चुनौतीपनी हामीमाझ छ ।’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका पाण्डेले दलबीच आपसी भिडन्त नै हुने भएकाले ८४ मा पुग्दा नपुग्दै सहकार्यलाई पनि सँगसँगै जानुपर्ने भन्दै आफुहर खुकुरीको धारमा हिँडिरहेको टिप्पणी गरेका थिए । यसमा दुबै दलबीच गम्भीर सल्लाह गरेर जानुपर्ने उनको भनाई थियो । एमाले र कांग्रेसबीच जुनसुकै क्षेत्रमा भएका असमझदारीलाई मिलेरै हटाउनु पर्नेमा मन्त्री पाण्डेको जोड छ । गत निर्वाचन परिणाम अनुसार ८८ सिटसहित नेपाली कांग्रेस संसदको पहिलो र नेकपा एमाले ७८ सिट सहित दोस्रो दल हुन् ।
यीनै दुई दल बिच लामो समयदेखि चुनावी प्रतिपर्धा हुँदै आएको छ । समानुपातिकको मत समेत एमाले कांग्रेसको हाराहारि जस्तै छ । संसदका ठूला दल मिलेर सरकार बनाइ हाल्नुपर्ने कुरामा दुवै दलका दोस्रो पुस्ताका नेताहरु सकारामक थिएनन् । यद्यपी संसदको तेस्रो (३२ सिट) दल नेकपा माओवादी केन्द्रले सत्ता गठबन्धन परिवर्तन गरिरहँने र मुलुकको राजनीतिक व्यवस्थामाथिनै प्रश्न उठ्नेगरी स्थितरता देखिएपछि यो अवस्था आएको नेताहरुले बताएका छन् । वितेका डेढ वर्षमा माओवादी अध्यक्ष पुष्पकमलल दाहाल प्रचण्डले चार पटक सम्म सत्ता साँझेदारी परिवर्तन गर्ने मुख्य भुमिकामा रहेका कारण ठूला दुई दल मिलेर मुलुकमा स्थिरता, सुशासन र सेवाप्रवाहमा चुस्त ल्याउने विश्वासका साथ अघि बढेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सार्वजनीक अभिव्क्ति दिदै आएका छन् ।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकसहित केही नेताहरुको विशेष पहलमा असार १७ गते मध्यरातमा कांग्रेस–एमालेबीच सत्तासहकार्य गर्नेगरी सहमति भएर अहिलेको सरकार बनेको थियो । कांग्रेस र एमालेको सरकार बनेपछि आत्मविश्वास बढेको भन्दै राष्ट्रिय राजनीतिमा विश्वासको वातावरण सिर्जना गरेको गृहमन्त्री समेत रहेका नेता लेखकले बताए । ‘दुई दलको समीकरण, सरकारको निरन्तरता र सहमति कार्यान्वयनमा कांग्रेसको इमानदार प्रयत्न रहने छ’, उनले भने– ‘कांग्रेस र एमाले मिलेर बनेको सरकारले पनि काम गर्न नसके मुलुक गम्भीरता मोडमा पुग्नेछ । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिका निम्ति नेपाली कांग्रेस र एमाले मिलेको सरकार गठन भएको हो । जनताका माझमा जाँदा दुबै दलले जस अपजस लिनु पर्छ र चुनावी प्रतिष्पर्धाका सवालमा स्वच्छ प्रतिष्पर्धा हुनुपर्छ ।’
खुल्ला लोकतान्त्रिक प्रतिष्पर्धाका मुख्य ठूला दलहरुबीच सत्ता सहकार्य व्यवहारिक र शैद्धान्तिक हिसावले समेत नमिल्ने भएपनि मुलुकको अस्थिर राजनीतिक अवस्थालाई स्थिरतामा वदल्नकालागी वर्तमान कांग्रेस–एमालेबिच सत्ता सहयात्रा भएको नेकपा एमालेका एक पदाधिकारीले बताए । उनले भने– ‘हामी (काग्रेस–एमाले) बिच सत्तामा मिलेर जाँदा भोली आउन सक्ने राजनीतिक प्रतिष्पर्धामासमेत केही समस्याहरु देखा पर्छन भन्ने कुरा ठिक हो । तर, मुलुकको परिस्थितिलाई हेरेर दुई ठूला दलबिच सरकार बनाउँने सहमति भएको र सोही सहमति कार्यन्वायन गर्नु पर्ने हामीमाझ राजनीतिकरुपमा बमध्यात्मक अवस्था छ ।’
प्रतिक्रिया दिनुहोस