कांग्रेस केन्द्रीय समिति बैठक :

सभापतिलाई प्रधानमन्त्रीमा रोक्न महामन्त्रीको घेराबन्दी

देशको आवाज
१८ भदौ २०८१ १४:०७

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहबादुर देउवालाई आगामी प्रधानमन्त्री हुन नदिने कसरत स्वरुप महामन्त्रीले घेराबन्दी शुरु गरेका छन् । पार्टीको बैठकमै महामन्त्री विश्प्रकाश शर्माले एमालेसँगको सहमति अनुसार आगामी ०८४ को चुनावी सरकारको नेतृत्व गर्दा कांग्रेसले सभापति बाहेक अरु नेता पठाउन आग्रह गरेका छन् ।

गत असार १७ को सहमति अनुसार एमाले अध्यक्ष केपी ओलीपछि बन्ने कांग्रेस नेतृत्वको सरकारमा आफु नगई अरु कोही नेतालाई पठाउन प्रस्ताव गरेर देउवालाई रोक्ने प्रयास गर्न खोजिएको संस्थापन पक्षका नेताहरुले बताएका छन् । ज्योतिशको भविश्यवाणि अनुसार पनि सात पटक प्रधानमन्त्री हुनुपर्ने नेता देउवा हाल सम्म पाँच पटक मात्रै प्रधानमन्त्री बनेका छन् ।

गत असार १७ को मध्यरातमा भएको नेपाली कांग्रेस र एमालेबीचको सत्ता सहयात्राको सहमति अनुसार दुई वर्ष पछि आफैले सरकारको नेतृत्व गर्नेगरी एमालेलाई सहयोग गरेका देउवाको विपक्षमा आएको उक्त प्रस्तावले पार्टीभीत्र तरंग उत्पन्न भएको छ । यद्यपी देउवा र उनी निकटस्थ नेताहरुले यसलाई स्वीकार गर्नसक्ने अवस्था छैन् । महामन्त्री शर्माको एक्जिट पोलिसी अनुसरा २ पटक प्रधानमन्त्री, ३ पटक मन्त्री र चार पटक भन्दा बढी सांसद बन्ने नपाउँने व्यवस्था पार्टीमा लागु गर्ने प्रस्ताव अघि सारेका थिए । उक्त प्रस्ताव केन्द्रीय समितिबाट अस्किृत भएपछि यो विषयलाई संविधान संशोधकनै बेला फेरि छलफलमा ल्याउनेगरी पछि हटाईएको महामन्त्री शर्मा निकटका नेताहरुले बताएका छन् ।

सो प्रस्ताव हटाएपनि नेता शर्माले सभापति देउवालाई अब प्रधानमन्त्री नबन्न र त्याग देखाउन अनुरोध गरे । उनले भने– ‘एमालेसँगको ७ बुँदे समझदारी बमोजिम ०८३ असारसम्म ओली नेतृत्वको सरकारलाई सफल बनाउन कांग्रेसले एकताबद्धभएर साथ दिनुपर्छ । तर त्यसपछि सभापति देउवाले आफू प्रधानमन्त्री नबनेर आफ्नै पुस्ताका कोही नेतालाई बनाउनु पर्छ त्यसको तयारी गर्नुस ।’ महामन्त्री शर्माले केही नेताहरुको नामै लिएर यस अघि भने– ‘प्रधानमन्त्री बन्न एकसे एक अग्रज नेताहरु प्रतिनिधिसभामा हुनुन्छ, जो अनुभवी र दक्ष पनि हुनुन्छ । डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा. शशांक कोइराला, अर्जुनरसिंह केसीमध्येबाट प्रधानमन्त्री प्रस्ताव गर्न सकिन्छ ।’ उहाँहरुमध्ये कसैलाई पनि प्रधानमन्त्री बनाउने हो भने सभापतिको त्याग पनि देखिने र समकालीन नेतालाई न्याय र कदर हुने उनको तर्क छ । यसले ०८४ पछि नयाँ अनुहारलाई अवसर आउने शर्माले बताए ।

नीत, कर्म र त्याग जोडिँदा मात्रै राजनेता हुने उल्लेख गर्दै महामन्त्री शर्माले अरु सबै गरिसकेको अब त्याग गर्न बाँकी रहेको बताए । ‘देउवाको नेतृत्वमा–कमैया मुक्ति, कदमजम, दलित आयोग र महिला आयोग निर्माण, संविधान कार्यान्वयन, संसद विघटन विरुद्ध आन्दोलन भए सफलता हासिल भयो’, शर्माले थपे, ‘यी सबै कर्मका लागि उहाँले प्रशंसा र बधाई पाउनुपर्छ ।’ तर उहाँको तर्कप्रति संस्थापन पक्षका अधिकांश नेताहरुले टिप्पणी गरेका छन् ।