रुसिसेनाबाट छोरो नफर्केपछि बाबुले गरे आत्महत्या

देशको आवाज
६ भदौ २०८१ २३:००

काठमाडौं । रुसिसेनामा गएको छोरो समय सम्म सम्पर्कबिहीन भएपछि मोरङका राजकुमार मिश्रले आत्महत्या गरेका छन् । मंसिरबाट छोरो रोनाल मिश्र सम्पर्कमा नआएपछि बेलबारी नगरपालिका मोरङ घर भएका राजकुमारले आफ्नै घरमा डोरीमा झुण्डीएर आत्महत्या गरेका हुन् ।

बि ए ०२१७३४७ नम्बरको राहदानीबाहक रोनाल राम्रो पैसा कामउने योजनामा रुस गएर रुसिसेनामा भर्ना भएका थिए । सुरुको केही समय सम्पर्कमै रहेपनि गत मंसिर ५ बाट उनि सम्पर्कबिहीन भएका परिवारिक श्रोतले जनाएको छ । उनको लास र सास केही नआएपछि विक्षिप्त बाबु राजकुमार मिश्रले आत्महत्या रोजेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको बताईएको छ । रोनाल असोज २६ मा रुस गएका थिए ।