सुनिल शर्माले गरिदिए ब्रेन ट्युमर पिडीत ओखलढुंगाकी एक महिलाको निशुल्क शल्यक्रिया
काठमाडौं । आर्थिक अभावका कारण लामो समयदेखि रोग पत्ता गलाउन समेत नसकेर उपचारबाट बञ्चि ओखलढुंगाका एक महिलाको केएमसी अस्पताल सिनामंगलमा निःशुल्क उपचार भएको छ । नेपाली कांग्रेसका सांसद समेत रहेका डा सुनिल शर्माले चिशंखुगढी –३ दियाले निवासी कमला शंकरको ब्रेन टयुमरको शल्यक्रिया निशुल्क गरिदिएका हुन।
आर्थिक अभावका कारण टयुमर पिडीत महिला आफ्नो रोगकै बारेमा थाहा नपाएर घरमै धामी झाक्रीका भरमा बसीरहेकी थिइन् । उनको उपचारका लागि नेपाली कांग्रेस ओखलढुंगाका नेता टेकराज भट्टराई र पार्टी सचिव राजकुमार ढुंगानाले डा सुनिल शर्मासँग आग्रह गरेका थिए । शर्माले एमआरआई सहित ब्रेन ट्युमरको पत्ता लगाई निशुल्क उपचार गरिदिएको नेता टेकराज भट्टराईले जानकारी दिए । उनको शल्यक्रिया बुधबार गरिएको र अहिले विरामीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
मा.सुनिल शर्मालाई धन्यवाद दिदै भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ‘ चिशंखुगढी –३ दियाले निवासी कमला शंकर गरीव परिवारकी सदस्यको ब्रेन ट्युमरको शल्यक्रिया मा.सुनिल शर्माले केएम्सी हस्पिटल सिनामंगलमा निःशुल्क गरिदिनुभई हामी ओखलढुंगेलिलाई ठूलो गुन र रिण लगाउनु भएको छ । हार्दिक धन्यबाद् । भगवानले कल्याण गरुन्।यो गुन अविस्मरणीय रहने सबैमा निवेदन गर्दछु ।’
प्रतिक्रिया दिनुहोस