नेक्सस’ले बनायो सामसुङको ‘एस सिरिज’मा सय प्लसको रेकर्ड
काठमाडौंं । काठमाडौंको चाबहिलमा रहेको नेक्सस मोबाइल सपले सामसुङ ब्राण्डको ‘एस सिरिज’ मा सय प्लसको रेकर्ड बनाएको छ । एक सय भन्दा बढी ‘एस सिरिज’ का मोबाइल विक्री गरेको भन्दै सामसुङले हाइएस्ट सेल्सको सम्मान स्वरुप मंगलबार नेक्ससमा आयोजित एक कार्यक्रममा केक काट्दै सेलिब्रेट गरेको हो ।
सामसुङका एस सिरिजका फ्लासिभ मोडलका मोबाइलहरु एक लाख भन्दा बढी मूल्य पर्छ । सामसुङ मोबाइलका जिएम प्रणयरत्न स्थापितले नेक्ससले सामसुङको मोबाइल व्यापारमा थप रेकर्ड बनाएकाले सेलिब्रेट गरिएको बताए ।
‘नेक्ससले सामसुङको मोबाइल व्यापारमा सय प्लसको रेकर्ड बनाएकाले सेलिब्रेट गरेका हौं,’ स्थापितले भने । सामसुङ मोबाइलको आधिकारिक इम्पोर्टर इन्टिग्रेटेड मोबिलिटी सोलुसनका सिइओ दिकेश मलहोत्राले मोबाइलको गुणस्तरमा आम उपभोक्ताको रुची बढेको पाइएको र गुणस्तरीय मोबाइलले बजार पाएको बताए ।
नेक्सस मोबाइलका प्रमुख शोभित प्रसाइले ग्राहकको शून्य व्याजदरमा गुणस्तरीय मोबाइल प्राप्त गर्ने चाहनालाई आफूले साथ दिएको बताए ।कार्यक्रममा आइएमएसका गोविन्द पोखरेल, प्रसान्त दाहाल, वीरबल गुरुङ, आरडी राम श्रेष्ठसहित टिकटक मोडल आभा थापा लगायतको सहभागिता थियो । नेक्सस मोबाइलले बिगत २० वर्षदेखि गुणस्तरीय मोबाइल बिक्री गर्दै आइरहेको छ।
प्रतिक्रिया दिनुहोस