कान्तिपुर सिटी कलेजमा दुई दिने १७ औं केसीसी एक्जिबिट शूरु
काठमाडौं । काठमाडौं पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजले आयोजना गरेको १७औं ‘केसीसी एक्जिबिट २०२४’ शुक्रबारदेखि सुरु भएको छ । दुई दिनसम्म चल्ने एक्जिबिटको उपप्रधान एवम शहरी विकासमन्त्री प्रकाशमान सिंहलृ उदघाटन गरेका छन् । कलेजकै विद्यार्थीहरुले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धि र अवसरहरु, नेपालको दीर्घकालीन विकास संरचनाका नमुनाहरु, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमुनाहरु राखिने कान्तपुर सिटी कलेजका प्रिन्सिपल राजु कट्टेलले जानकारी दिए ।
कलेज प्राङ्गनमा आयोजना हुने ‘इनोभेट, एक्जिबीट, इन्स्पायर’९आविष्कार, प्रदर्शन, उत्प्रेरणा० नारा रहेको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गर्नेछन् र उद्योग, संघसंस्थाहरू तथा प्राज्ञिक क्षेत्रसँग यससम्बन्धी अन्तरक्रिया गर्नेछन् । प्रदर्शनीमा राखिने नमुनाहरु इन्जिनियरिङ, आइटी र व्यवस्थापनसँग सम्बन्धित इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विदाउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल लगायतका प्रोजेक्ट रहनेछन् । यसैगरी आइटीतर्फ एआईको प्रयोगलगायत विविध विधाका३० भन्दा बढी स्टल रहने कार्यक्रम उपसंयोजक सरोज पाण्डेले बताए ।
उनका अनुसार फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम र ब्यवस्थापनतर्फका विद्यार्थीहरूले खानेकुराको प्रदर्शनी गर्नेछन् । प्रदर्शनीमा १२ हजारभन्दा बढी अवलोकनकर्ताले भ्रमण गर्ने अपेक्षा गरिएको उनको दाबी छ ।
प्रदर्शनीमा मनोरञ्जनका लागि गायिका एलिना चौहान, हास्यकलाकार जितु नेपालसहितका कलाकारहरुका विभिन्न प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल इभेन्टसमेत आयोजना हुने मिडिया संयोजक राजीव तिमल्सिनाले बताए । दुई दिन चल्ने प्रदर्शनीलाई जानकारीमूलक, ज्ञानवद्र्धक र मनोरञ्जनपूर्ण बनाउने प्रयास गरिएको उनले बताए । उनको भनाइ अनुसार प्रदर्शनीमा ‘इन्नोभेसन इन इन्फर्मेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ टू इन्हान्स इफिसियन्सी एण्ड सस्टेनेबिलिटी’ शिर्षकमा सम्मेलन समेत हुनेछ ।
कान्तिपुर सिटी कलेज सन् २००० देखि पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सूचना प्रविधि, इन्जिनियरिङ, ब्यवस्थापन तथा आमसञ्चार विषयको अध्ययन, अध्यापन गराउँदै आएको छ । उदघाटन समारोहमा पूर्वमन्त्री गणेश साह र प्राध्यापक रामकृष्ण रेग्मीले समय सापेक्षित शिक्षाका माध्यमबाट कान्तिपुर सिटी कलेजले राम्रो उपलब्धी हासिल गरेको बताए । नेपाल व्यवस्थापन संघ म्यानका महासचिव इन्द्र कुमार श्रेष्ठले केसीसी एक्जिबिट निरन्तरता मात्र नभइ रुपान्तरणका लागि भएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक शिक्षा प्रदान गर्ने बताए । कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान महासंघ) का अध्यक्ष रणजितकुमार पोदारले केसीसी एक्जिबिटजस्ता कार्यक्रमहरु हरेक कलेजमा हुनुपर्ने बताउँदै विदेशिनेक्रम रोकिनुपर्ने बताए । उनले सीप हातमा भएका विद्यार्थीहरु स्वदेशमा रोजगारी दिनुपर्ने धारणा राखे ।
पूर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ विभागका डिन ई।देवी प्रसाद भट्टराईले कक्षा कोठाभित्र सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउँदै उच्च शिक्षा अध्ययनका नाममा विदेश पलायन रोक्नुपर्ने बताए । उनले प्रत्येक बर्ष उच्च अध्ययनका नाममा वार्षिक एक खर्ब रुपैंयाँ विदेशिने गरेको उल्लेख गर्दै स्वदेशमै अवसर सिर्जना गर्न सरकारले साथ दिनुपर्ने बताए ।कान्तिपुर सिटी कलेजका प्रिन्सिपल केसीसी एक्जिबिटले विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान दिने भएकाले यसलाई निरन्तरता दिएको बताए । उनले आफ्नो कलेजका विद्यार्थीहरुले सिर्जना जस्ताको त्यस्तै प्रदर्शनीमा राखिएको बताए ।
प्रतिक्रिया दिनुहोस