कुलमानका समर्थक सडक प्रदर्शनमा, ६ जना पक्राउ
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकले शनिबार काठमाडौंमा प्रदर्शन गरेका छन्। सरकारले घिसिङलाई हटाउने षड्यन्त्र सुरु गरेको भन्दै उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा केही युवाहरूलाई प्रहरीले पक्राउ समेत गरेको छ। सरकारको शतप्रतिशत स्वामित्वमा रहेको प्राधिकरणलाई नमुनायोग्य नाफा कमाउने संस्थाका रूपमा स्थापित गरे पनि सरकारले पूर्वाग्रह राखेको प्रदर्शनकारीले बताएका छन्। डेडिकेटेड र ट्रंकलाइन विद्युत महसुल बक्यौता विवादका कारण अहिले सरकार र प्राधिकरणबीच दूरी बढेको छ।
सरकारले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन खोजेको भन्दै घिसिङका समर्थकहरु सडकमा निस्किएका हुन् । प्रदर्शनको क्रममा प्रहरीसँग झडप हुँदा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बब्लु गुप्ता, सोम शर्मा, शिव साउद, हेमराज थापा, मदन बुढा र विजय कँडेल रहेको प्रहरीले जनाएको छ । सरकारले ठूला उद्योगीहरुलाई विद्युतको बक्यौता छुट दिन खोजेको भन्दै घिसिङका समर्थकहरु सडकमा निस्किएका हुन् ।
प्रतिक्रिया दिनुहोस