एकै सिटका पाइलटको उद्दार, को–पाइलट सहित १८ को मृत्यु (यस्तो छ कारण ?)
काठमाडौं । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा भएको हवाई दुर्घटनामा पाइलट बाच्दा को–पाइलट बाच्न सकेनन । संगै सिटमा रहेका पाइलट मनिष शाक्य घाइते हुँदा को–पाइलट सुशान्त सुशान्त कट्वालको मृत्यु भएको हो ।
बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइसेन्सको विमान अन्तर्राष्ट्रिय दुर्घटना हुदा १८ जनाको मृत्यु भएको छ । केही सकेन्डमै दुर्घटना भएको उक्त विमानमा जल्दै गर्दा घाईते भएका पाइलट मनिषले हातको इसारा गरेको देखेर नेपाली सेनाको टोलीले चाडै उद्दार गरिएपछि बाच्न सफल भए । तर उनको छेउमै रहेका को–पाइलटलाई समयमै निकाल्न नसक्दा उनको मृत्यु भयो ।
धावनमार्ग छाडेर पिकअप लिएको जहाज दाहिने मोडिँदै जमिनतिरै खसेर विमानस्थलको रनवेको पूर्वतर्फ रहेको हेलिकप्टर मर्मत तथा पार्किङ क्षेत्रमा रोकि राखेको सी–कन्टेनरमा ठोक्किएर दुई टुक्रा भएको थियो । विमानको ककपिट कन्टेरमा अड्किएको थियो भने बाँकी भाग उछिट्टिएर सय मिटर टाढाको खालि जमिनमा पुगेको थियो । जमिन छुनासाथ विमानमा आगो दन्किसकेको विमानस्थलका यात्रु, सुरक्षाकर्मी र कर्मचारीले प्रत्येक्ष देखेको बताएका छन् ।
दुर्घटनास्थल नजिकै रहेको नेपाली सेनाको बम डिस्पोजल युनिटले तत्काल घटनास्थलमा पुग्दा करिव सय मिटर टाढा रहेको कन्टेरमा अड्किएको ककपिट नजिकैबाट एक जना मान्छेले इसारा गरिरहेको सेनाको टोलीले देखेर उद्दार गरेको थियो । जो व्यक्ति पाइलट थिए । तर उनको छेउमै रहेका को–पाइलट कटवाललाई सेनाको उक्त टोलीले समेत जोगाउन सकेन ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीका अनुसार ‘ककपिट बाहिर रगताम्मे अवस्थामा रहेका पाइलटलाई केही मिनेटमै सेनाको टोलीले उद्धार गर्न सफल भएको बताएको छ । बोल्न नसक्ने अवस्थामा अत्तालिइरहेका पाइलट शाक्यले ककपिटमा अरु दुई जना पनि रहेको इशारा गरेपनि आगो दन्किरहेकाले अरुको उद्दार गर्न असमर्थ भएको केसीले बताए । आगो नियन्त्रणमा लिएर त्यहाँ रहेका दुई जनालाई बाहिर निकाल्दा उनीहरु भने जीवित नभएको केसीले जानकारी दिए ।
तत्काल त्रिवि शिक्षण अस्पता पठाइए पनि अस्पतालले मृत घोषणा गर्यो । साउथ अफ्रिकाबाट पाइलटको कोर्ष सकेर साढे २ वर्षदेखि काम गर्न थालेका ओखलढुंगाको सुनकोशी गाउँपालिका ७ का को पाइलट कटवाल २७ वर्षका युवा हुन । उनि शिक्षण पेशा हुदै उपसचिव भएर विभिन्न जिल्लाको जिल्ला शिक्षा अधिकारीको भुमिकामा रहँदै अवकास भएका ओमबहादुर कट्वालका एक्ला छोरा थिए ।
नियमित मर्मत ‘सी चेक’ का लागि पोखरा प्रस्थान गरेको उक्त विमान पिकअप लिएको करिव आधा मिनेटमै ध्वस्त भएको थियो । सामान्यतया हरेक ५ हजार घण्टा उडानपछि वा एकदेखि डेढ वर्ष अवधिमा अनिवार्य सी–चेक गर्नुपर्ने प्राविधिकहरु बताउँछन् । यो स्वस्थ मानिसले निश्चित समयमा गर्ने ‘होल बडी चेकअप’ जस्तै हो । विज्ञहरुका अनुसार जहाज परीक्षणका विभिन्न चरणलाई ए, बी र सी भन्दै वर्गीकरण गरिएको हुन्छ । सोही वर्गीकरण अनुसार सी चरणको चेकअप नै सी–चेक हो । सी–चेक पूर्ण परीक्षण र मर्मत हो ।
जहाँ जहाजको बाहिरी भाग, इन्धन, तरल पदार्थहरूको स्तर, टायर, ब्रेक, जहाजका विभिन्न आन्तरिक प्रणाली, उडान नियन्त्रण, इन्जिन, ल्यान्डिङ गियर, जहाजको संरचनात्मक उपकरण र विद्युतीय प्रणाली समेतको परीक्षण र बिग्रिएको पाइएमा मर्मत गरिन्छ । सामान्यतया यस्तो परीक्षणका लागि एकदेखि चार सातासम्म लाग्छ । दुर्घटनामा परेको विमान यही जाँचका लागि प्राविधिक र कर्मचारीको टिम लिएर पोखराका लागि उडेको थियो । विमानको पार्टपुर्जा सबै खोल्नुपर्ने हुँदा प्राविधिक तथा कर्मचारीको जम्बो टोलि सवार रहेको उड्यान प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस