मुक्तिनाथ विकास बैंक पार्बतीपुरद्वारा कर्जा मिनाहा तथा सहयोग हस्तान्तरण

देशको आवाज
२४ असार २०८१ १८:३२

ग्रामीण क्षेत्रलाई आफ्नो संभावित कार्य स्थलको रुपमा पहिचान गरेको नेपालको पहिलो बैंक मुक्तिनाथ विकास बैकले बिभिन्न परिवेशमा रहेर आर्थिक सहयोग गर्ने गरेकाे छ । कहिले अगलागी पिडित त कहिले मुटुरोग सम्बन्धी जटील रोग । भरतपुर महानगरपालीका हनुमाननगर बसोबास गरी मुक्तिनाथ विकास बैक शाखा कार्यालय पार्बतीपुर बाट बचत तथा कर्जा को कारोबार गर्दै आएकी रुपा थापाको ससुरा रामजी थापाको मुटुरोग सम्बन्धी जटील रोग लागी चितवन मेडीकल कलेजमा औषधी उपचार गदै आएकोमा निजकोे उपचारार्थ सहयोग स्वरुप निजले उपभोग गरीरहेको कर्जा रकम सावा ब्याज गरी रु तिन लाख सत्ताइस हजार आठ सय नब्वे रुपैया एकसठ्ठी पैसा आर्थिक सहयोग स्वरुप हस्तान्तरण गरीे कर्जा मिनाहा गरी सहयोग हस्तान्तरण गरेकाे छ । वित्तीय पहूँच नपुगेको तथा न्यून आर्थिक अवस्था रहेका आफ्ना सदस्य तथा सर्बसाधरण बचतकर्ताहरूलाइ बेलाबेलामा सहयोग गर्दै आइरहेको पार्बतीपुर शाखाका डेस्क प्रमुख नारायण प्रसाद ढकालले बताएका हुन बैकको सहयोग हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष राजेन्द्र साखी तथा क्षेत्रीय कार्यालय नारायणगढका अनुगमन अधिकृत ध्रुवराज घिमिरे , पार्बतीपुर शाखाका शाखा प्रमुख केदार प्रसाद अर्याल र समुहमा आबद्ध सदस्य साथै अन्यको उपस्थित रहेको थियो ।
मुक्तिनाथ विकास बैंकले “जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्दछ” भन्ने मूल मर्मलाई आत्मसाथ गरी देश भरी नै पूर्ण वित्तीय सेवा प्रदान गर्दै आई रहेको छ । सोही अनुरुप ग्रामीण अर्थतन्त्रको दिगो विकासको लागि समावेशी वित्तीय सेवामा जोड दिएको छ । यस बैंकले अनौपचारिक क्षेत्रबाट वित्तीय आवश्यकता पुरा गरी रहेका नागरिकहरुलाई पहिचान गरी औपचारिक वित्तीय सेवा प्रदान गर्ने गर्दछ । आफ्नो ग्राहक, समाज र लक्षित बजारको आवश्यकतालाई मध्यनजर गरी वित्तीय सेवाहरुमा नवीनता विकास गर्ने कोशिस गरेको यो बैंकले आफ्ना सेवाहरुलाई सहज र सरल रुपमा ग्राहक समक्ष पुर्याउन बिभिन्न प्रकारका सेवाहरु प्रदान गर्दै आइरहेको छ ।