एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिँदै

देशको आवाज
१८ असार २०८१ ९:४६

काठमाडौं । नेपाली कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएसँगै नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरूले आजै राजीनामा बुझाउने एक मन्त्रीले जानकारी दिए।

एमालेबाट सरकारमा आठ मन्त्री छन्प्र तिनिधिसभाका दुई ठूला राजनीतिक दल कांग्रेस र एमाले नयाँ सरकार गठनका लागि सहमति गरेका छन्। सहमतिसँगै प्रचण्ड सरकार ढल्ने निश्चित भएको छ। मन्त्रीहरूको राजीनामासँगै प्रधानमन्त्री प्रचण्डले मार्गप्रशस्त गर्ने कांग्रेस(एमालेको विश्वास छ।