कांग्रेस एमाले सरकार बनाउन सहमत

देशको आवाज
१७ असार २०८१ २३:०८

काठमाडौं । नेपाली कांग्रेेस र नेकपा एमालेबीच सत्ता सहयात्राका विषयमा सहमति नजिक पुगेकाे छ । साेमबार अवेर राति सम्म दुई दलबीच सहमति जुटाउन दाेस्राे तहका नेताहरु छलफलमा थिए ।

सहमतिका लागि कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र नेता ज्ञानेन्द्रबहादुर कार्की एमालेका उपाध्यक्ष विष्णु पाैडेल र महासचिव शंकर पाेखरेलले संवाद गरेका थिए ।

सहमति अनुुसार एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने छ । अर्थ एमालेले गृह नेपाली कांग्रेसले राख्ने छ भने प्रदेश भागबण्डा समेतमा खाका तयार पारिएकाे श्राेतकाे दावी छ । जस अनुसार एमाले (कोशी,लुम्बिनी, कर्णाली) र (कांग्रेसले बाग्मती,गण्डकी र सुदुरपश्चिम ) प्रदेशमा सरकारको नेतृत्व गर्ने छ ।

मधेष प्रदेश,मधेषी दललाई दिने सहमति नजिक पुगेकाे हाे । दुबै दलबीच निर्वाचन प्रणाली संशोधन गर्ने सहमति समेत भएकाे बुझिईकाे छ । पूर्वप्रधानन्याधीशको अध्यक्षतामा संविधान संशोधन सुझाव समिति बन्ने छ ।

हाल प्रतिनिधि सभामा कांग्रेसको ८८ सिट छ । एमाले ७८ सहित दोस्रो ठूलो दलका रूपमा छ । शीर्ष यी दुवै सङ्ख्या जोड्दा १६६ अर्थात् सुविधाजनक बहुमत पुग्छ ।संविधानअनुसार नयाँ सरकार गठन गठनका लागि बहुमत अर्थात् १३८ जना सदस्य आवश्यक पर्छ।