एसईईको नतिजा सार्वजनीक, यसरी हेर्न सकिन्छ नतिजा

देशको आवाज
१३ असार २०८१ ९:५९

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षाको नतिजा ग्रेडिङ प्रणालीअनुसार बिहीबार सार्वजनिक गरेको हो । नतिजाअनुसार ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् ।

योपटक बोर्डले नयाँ ‘लेटर ग्रेडिङ’ प्रणालीअनुसार नतिजा सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा सहभागी भएका ४ लाख ४४ हजार ७८५ जना विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका हुन् । नतिजा सार्वजनीक भएसँगै लेटर ग्रेडिङ लागू भएको ९ वर्षपछि एसईई परीक्षा दिएका विद्यार्थीले पहिलो पटक अघोषित पासफेल उल्लेख भएको लब्धाङ्कपत्र पाउँने भएका छन् । २०७२ सालयता विद्यार्थी ग्रेडअनुसारको कक्षा ११ मा विज्ञानदेखि प्राविधिक तहसम्मको विषय पढ्न पाउने व्यवस्था थियो ।

यो वर्ष एनजी अर्थात् (ननइलिजिबल) उल्लेख भएको लब्धाङ्कपत्र पाउने भएपछि उक्त व्यवस्था परिवर्तन भएको हो । परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले यस वर्षको नतिजामा सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने छ। एनजी उल्लेख भएका विद्यार्थी अनुत्तीर्णसरह हुन । उनीहरूले पुनः उत्तीर्ण भएपछि मात्र माथिल्लो कक्षामा पढ्न पाउने व्यवस्था छ । सरकारले लेटर ग्रेडिङ–२०७८ लागू गराएपछि पहिलोपटक यस्तो व्यवस्था हुन लागेको हो ।

एसईईको नतिजा हेर्नका लागी एनसेल एपमार्फत हेर्न सकिने छ । राष्ट्रिय परीक्षा बोर्डलेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ । त्यस्तै २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ । गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।