लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर

देशको आवाज
१३ असार २०८१ ९:०८

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन भएका छन् । असार ११ र १२ मा काठमाडौमा भएको  महासंघको प्रथम राष्ट्रिय महाधिवेशन घर्तीमगर अध्यक्षमा दोहोरिएका हुन् ।

पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नेतृत्वमा बनेको तीन सदस्यीय समन्वय समितिले घर्तीमगरको नाममा सहमति जुटाएको हो । त्यस्तै उपाध्यक्ष महामन्त्री लगायत सबै पदहरुमा सर्वसहमतिमा नेतृत्व चयन भएको नव निर्वाचति अध्यक्ष मगरले बताए । १८ वटा जातिय संगठन आवद्ध रहेको लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा १ अध्यक्ष, २ उपाध्यक्ष, २ महामन्त्री र ८ जना सहमहामन्त्री रहने व्यवस्था छ ।

खुला केन्द्रीय सदस्य ३६ र सातै प्रदेशबाट ३–३ जना निर्वाचित हुने व्यवस्था छ । खुला ३६ जनामा १२ महिला र प्रदेशबाट १–१ जना महिला रहने व्यवस्था छ । तर, संगठनमा सबैको जाजात जाति र भुगोलको प्रतिनिधित्व गराउनेक्रममा विधानभन्दा केही बढि व्यक्तिहरुको सहभागिता भएकाले विधानलाई आवश्यक परिमार्जन गर्दै सबैको प्रतिनिधित्वको सुरक्षा हुनेगरी अघि बढ्ने महासंघका नेताहरुले बताएका छन् । लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा देशभरीबाट करिब १३ सय मतदाता रहेका थिए ।