३४ जना अनाथ बालबालिकालाई विद्यालय पोसाक वितरण

देशको आवाज
७ असार २०८१ १९:५४

सिन्धुली  । जिल्लामा सञ्चालित जिएसएस परियोजनाले कमलामाई नगरपालिका —५ स्थित कमला जनज्योती माध्यामिक विधालय सिलामेमा अध्यनरत ३४ जना अनाथ बालबालिकाहरुलाई शुक्रबार विद्यालय पोसाक वितरण गरेको छ । प्लान ईन्टरनेशनल नेपाल र ह्याण्डस नेपाल सिन्धुलीको साझेदारीमा सञ्चालित जिएसएस परियोजनाले विद्यालयमा अध्यनरत ३४ अनाथ बालबालिकालाई विद्यालय पोसाक स्वरुप सर्ट पाईन्ट र ट्रयाकसुट सेट वितरण गरेको हो ।

विद्यालय पोसाक एक कार्यक्रमका विच कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले बालबालिकालाई वितरण गरे । कार्यक्रममा नगरपालिकाका प्रमुख पोखरेलले ‘केही नभएका र कोही नभएका बालबालिकालाई सहयोग गर्नु आफ्नो दायित्व बताए । उनले भने, ‘विभिन्न संघ–संस्थासँगको सहकार्यमा ह्याण्डस नेपाल सिन्धुलीले गरेको सहयोगले अनाथ बालबालिकालाई ठूलो सहयोग पुगेको छ ।’ अनाथ बालबालिका शिक्षा आर्जनबाट बन्चित हुँन नपरोस भन्ने उदेश्यले कमलामाई नगरक्षेत्र भित्रका सम्पुर्ण अनाथ बालबालिकालाई आवास सहितको सम्पुर्ण अध्यन खर्च नगरपालिकाले सहयोग गरिरहेको उनको भनाई छ ।

विद्यालयमा अध्ययनरत मध्ये ३४ जना अनाथ बालबालिकाहरुलाई आगामी शैक्षिकसत्रका लागि आवश्यक पर्ने विद्यालय पोसाक वितरण गरिएको जिएसएस परियोजनाका अधिकृत नवराज श्रेष्ठले जानकारी दिए । सो विधालयमा अध्यनरत ३४ बालबालिकाको लागी कमलामाई नगरपालिकाले बार्षिक रुपमा २० लाख रुपैयाँ सहयोग गर्दै आएको विधालयका शिक्षक भक्त नारायण श्रेष्ठले जानकारी दिए ।

त्यस्तै जिएसएस परियोजनाले विधार्थीहरुलाई विभिन्न सहयोग संगै महिनावारी आराम कक्ष निर्माण, विधार्थी गुनासो व्यबस्थापन पेटिका, वेस्ट डिस्पोजल पिटको व्यवस्थापन लगाएत स्वास्थ्य तथा सरसफाईको क्षेत्रमा सहयोग गरिरहेको छ । परियोजनाको सहयोगले विधार्थीमा सकारात्मक प्रभाव परेको विधालयका शिक्षक नन्दलाल श्रेष्ठको भनाई छ ।