मध्यपहाडी लोकमार्गको कुँडुलेमा अवरुद्ध सडक खुलाउने प्रयास जारी

देशको आवाज
५ असार २०८१ ९:३६

काठमाडौं । गोलन्जोर गाउपालिका –१ सिन्धुलीको कुडुलेस्थित मध्यपहाडी लोकमार्ग अवरोध भएको छ । माथिबाट खसेको माटो ढुंगा सहितको लेदोमा टेलर मेसिन फसेका कारण अवरोध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

प्र २–०३–००१ ख ७१४४ नम्बरको टेलर लेदोमा फसेको तर मानवीय क्षेत्री केही नभएको प्रहरीले जनाएको छ । सडक अवरोध हुदा दुबै तर्फबाट आवत जावत गर्ने केही सवारीसाधनहरु रोकीएका छन् । यान्त्रीक मेसिन र नगरपालिकाको सहकार्यमा अवरोध सडक चाडै सुचारु गर्ने प्रयास भइरहेको काफ्लेले बताए । गयरातीको भीषण वर्षका कारण सडकमाथिबाट ढुंगा र लेदो खसेको प्रहरीको भनाई छ । सोही मार्गअन्तर्गत वडा नम्बर–६ को अक्करे भीरमा समेत लेदो माटो खसेर सडक अवरुद्ध बनेको छ ।