छलफल नै नगरिएकाे नीति कार्यक्रम हाेहल्लाकाबीच पारित गर्ने तयारी

देशको आवाज
११ जेठ २०८१ ८:१९

काठमाडौ ।  गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेकाे सरकारको नीति तथा कार्यक्रम छलफल नै नगरि पारित गर्ने तयारी भएकाे छ । सदनमा छलफल गराएर आवश्यक परिमार्जनसहित पास गरिनुपर्ने उक्त नीति तथा कार्यक्रममा हालसम्म छलफल हुन सकेको छैन।

प्रतिनिधि सभाको आज बिहान ११ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिने मार्यसूचि भएपनि प्रतिपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेसहित संलग्नमाथि छानविन गर्न संसदीय छानविन समिति गठनकाे माग गर्दै सदन चल्न दिएकाे छैन् । प्रतिपक्षकाे अवरा्धका बाबजुत सत्तापक्षले संसदका कार्यक्रमहरु जवरजस्त अघि बढाईरहेकाे छ ।
शुक्रबारकाे सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री प्रचण्डले जवाफ दिनेछन्। त्यसपछि पारित गर्ने सभामुखको तयारी छ। संसदीय समिति गठन गर्न सहमति भएपनि समितिको कार्यादेशको विषयमा भने अझै सहमति हुन सकेको छैन । कार्यादेश बनाउन कार्यदल बनाए पनि पटक पटक भएका बैठक निष्कर्षमा पुगेको छैन ।