सम्पति विवरण :

शिक्षामन्त्री सुमनाको १ करोड ५२ लाख नगद ११ तोला सुन र ईभी गाडी

देशको आवाज
८ जेठ २०८१ १६:४१

काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठको शिक्षामन्त्री सुमनाको १ करोड ५२ लाख नगद ११ तोला सुन र ईभी गाडी रहेको सार्वजनीक गरिएको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार उनको नाममा कुनै घर नभए पनि काभ्रे जिल्लाको रियालेमा ९ लाख ९४ हजारमा खरिद गरेको उल्लेख गरेकी छन् । परिश्रमिकबाट खरिद गरिएको उक्त जग्गाको स्वामित्व संयुक्त नाममा रहेको उनको सम्पत्ति विवरणमा उल्लेख गरेकी हुन् ।

आफ्नो नाममा एनआईसी एसिया बैंक र एभरेस्ट बैंकमा १ करोड ५२ लाख रकम मौज्दात रहेको जनाएकी छन् । दुवै स्रोत उनले पारिश्रमिक रहेको जिकिर गरेकी छन् । उनीसँग बिहे र हजुरआमाको शेषपछि प्राप्त ११ तोला सुन, बिहेका बेला उपहार पाएको १०० तोला चाँदी र १–१ सेट हिराको हार र हिराको टप रहेको उल्लेख गरेकी छन् ।

उनले नबिल बैंकसहित विभिन्न कम्पनीको सेयर रहेको पनि खुलाएकी छन् । सवारी साधनका रूपमा एउटा स्कुटर र २० लाख रुपैयाँमा खरिद गरेको ईभी गाडी रहेको उनले विवरणमा उल्लेख गरेकी छन् ।