मधेश प्रदेशबाट राष्ट्रिय सभामा उम्मेदवार छान्दा कांग्रेसले ख्याल गर्नुपर्छ -अरविन्द महतो

देशको आवाज
१७ पुष २०८० २१:४४

काठमाडौं १७ पुस । नेपाली कांग्रेसले मधेश प्रदेशबाट राष्ट्रिय सभामा पठाउने उम्मेदवारको विषय सबै भन्दा पेचिलो बन्दै गएको छ । पुराना नेता देखि युवा नेताहरुले समेत राष्ट्रियसभामा इच्छा राखेपछि कसलाई पठाउने भन्ने विषय कांग्रेसमा अन्यौल छ । यद्यपि पार्टी सभापति शेरबहादुर देउवाले पुराना नेता आनन्द ढुंगानालाई काखी च्यापेका छन् । पटक पटक सांसद, संसदीय समितिको जिम्मेवारीमा बसिसकेका, प्रत्येक निर्वाचनमा पार्टीको तर्फबाट टिकट नछाडेका वर्तमान केन्द्रीय सदस्य ढुंगानालाई सभापति देउवाले ग्रिन सिग्नल दिएपछि मधेश प्रदेशका युवा नेताहरुले त्यसको विरुद्धमा उत्रने चेतावनी दिएका छन् ।

मधेश प्रदेशबाट समेत राष्ट्रिय सभामा पहाडी मुलमा व्यत्तिलाई टिकट दिएर मधेशीमुलका नेताहरुलाई वाइपास गर्दा सिंगा धमेश प्रदेशको अपमान हुने नेपाली कांग्रेस धनुषाका युवा नेता तथा महाधिवेशन प्रतिनिधि अरविन्द महतोले बताए । आफूपनि राष्ट्रिय सभामा दावेदार रहेको भन्दै उनले भने ‘पटक पटक जिम्मेवारी पाएर पार्टीमा एकल मनोमानी गर्दै आएका ढुंगानाबाट मधेशको कांग्रेस सिद्धिदै छ । यो अवस्थामा फेरी पनि उनैलाई दिने हो भने कांग्रेस मधेश प्रदेशमा विद्रो हुन्छ । म पनि दावेदार छु, कम्तिमा मधेश प्रदेशबाट राष्ट्रियसभामा पठाउने नेता मधेशी मुलकै हुनुपर्छ भन्ने हाम्रो माग हो ।’ ढुंगानालाई पार्टीको महासमिति सदस्य छनौटमा समेत आफ्नै घर परिवारका व्यक्तिहरुलाई बनाएर अन्य महाधिवेशन प्रतिनिधिहरुलाई थाहै नदिई महासमिति सदस्यहरुको नामावली बुझाएको धनुषका अधिकांश नेताहरुले गुनासो गर्दै आएको महतोले बताए । सभापति देउवाले सकभर ढुंगानालाई नै दिने नभएको खण्डमा फर्मुल्लाह मन्सुरलाई राष्ट्रिय सभामा लैजाने मनस्थितिमा रहेका छन् । उनिहरु दुवै देउवाका विश्वास पात्र हुन् । राष्ट्रिय ण सभाकाे प्रतिष्पर्धामा आनन्द ढुगाना, फर्मुलमु्ल्हा मन्सुर,अरविन्द्र महताे,डा चन्द्र माेहन यादव लगायत रहेका छन् ।