युनिकमको सांगठनिक अभियान तीब्र बनाइँदै

देशको आवाज
१४ पुष २०८० १९:५०

काठमाडौं,१४ पुस । नेपाल ब्यापार कर्मचारी संघ (युनिकम नेपाल) ले भुगोल केन्द्रीत संगठन विस्तारलाई तीब्रता दिएको छ । ब्यवसायिहरुको अधिकार प्राप्तिसँगै देशको अर्थव्यवस्था सुधारमा योगदान गर्दै आएको युनिकम नेपालले विभिन्न प्रदेश तथा जिल्ला समितिहरु गठन तथा अधिवेशनको अभियानलाई तीब्र बनाएको हो ।

अभियन अन्र्तगत शनिबार बबरमहलस्थित साफ फल्चामा बागमति प्रदेश अधिवेश,उपत्यका समन्वय समितिमा गठन र काठमाडौं जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भएको छ । बागमति प्रदेश अधिवेशनबाट खेम चौलागाईको अध्यक्षतामा १३ सदस्य नयाँ कार्यसमिति चयन भएको छ । बरिष्ठ उपाध्यक्षमा मिलन खनाल, उपाध्यक्ष नारायण खनाल,महिला उपाध्यक्षमा सरिता सिवाकोटी,सचिव कृष्ण भट्ट र कोषाध्यक्षमा साकार लुइटेल सर्वसहमत चयन भएको युनिकमका महासचिव लेखनाथ दाहालले जानकारी दिनुभयो । दाहालका अनुसार उपत्यका प्रदेश समन्वय समितिमा मिनराज पौडेलको संयोजकत्वमा पाँच सदस्य समिति गठन गरिएको छ भने काठमाडौं जिल्ला अधिवेशनबाट कोमल थापाको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसहमत चयन भएको छ ।

झापाबाट सुरु भएको आन्दोलन अहिले देशब्यापी पुगेको नेपाल युनिकमका केन्द्रीय अध्यक्ष गजेन्द्र पौडलले बताउनुभयो । ‘यो अभियान विचारले विभाजन छैन’, उहाँले भन्नुभयो–‘ संस्थामा राजनीतिक दृष्टिकोणले सबैको विचार फरकफरक भएपनि यो संस्थाका गतिविधिमा स्वतन्त्रता प्रस्तुत गनृ सक्नु नै हाम्रो सफलता हो ।’ विभिन्न व्यापार व्यवसायमा आवद्ध कर्मचारीहरुको सेवा सुविधा, नियमित पारिश्रमिक र रोजगारीको सुनिश्चितताका लागि काम गर्दै आएको युनिकमलाई संस्थागत गर्दै यहाँसम्म ल्याउन सबैले सकारात्मक भुमिबाट सम्भव भएका उहाँको भनाई छ ।

मार्केटिङ,डिपार्टमेन्ट, थोक तथा खुद्रा, मेडिकल, लगायत १० वटा विषयगत क्षेत्रमा आवद्ध कर्मचारीका संगठनहरु युनिकममा आवद्ध रहेको महासचिव लेखनाथ हालालले बताउनुभयो । आगामी वर्ष सबै ब्यापारी तथा कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने योजना बनाएको उहाँको भनाई छ । युनिकमको महाधिवेशन चैतको तेस्रो हप्ता गर्ने गरी तयारी गरिएकाले यसको पुर्वतयारी स्वरुप देशभर संगठनलाई सुदृढ बनाउन लागीएको बताइएको छ । हाल युनिकममा ५ हजार सदस्यता रहेको दाबी गरेको छ । युनिकमले अधिवेशनसँगै सदस्यहरुका लागि नेतृत्व क्षमता विकासका विविध आयाममा तालिम समेत गर्दै आएको छ ।