नक्कली भिजिट भिसासहिका कागजात बनाएर बिदेश पठाउने गिराेह पक्राउ

देशको आवाज
१९ कार्तिक २०८० २०:२१

काठमाडौं,१९ कात्तिक । भिजिट भिसाको दुरुपयोग गरि नक्कली कागजात बनाएर रोजगारीका लागि बिदेश पठाउने अभियाेगमा ९ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनीक गरेकाे छ ।  किर्ते सर्टिफिकेट लगायत कागजात बनाउने गिरोहमा संलग्नहरुलाई पक्राउ गरि आईतबार सार्वजनीक गरेकाे हाे ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन मार्फत उक्त गरेको गिरोह सार्बजनिक गरेको कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिङ राठौर बताउनुभयाे । त्रिभुवन अन्तराटृय बिमानस्थल सुरक्षा कार्यालय बाट विभिन्न मितिमा १०३२ राहदानी सहितका शकास्पद कागजाच प्राप्त भएको र सो मधे २९६ कागजाचमा नक्कली पलस २ को सर्टिफिकेट , नक्कली प्रहरी रिपोर्ट , नक्कली नाता प्रमाणित, नक्कली श्रम स्वीकृति र नक्कली बैन्क स्टेट मेन्ट फेला परेकोमा बिदेश जान रोकिएका युबा युवतीबाट उक्त कागजको कसलेबनाइ दिएको भनी अनुसन्धान गर्दा किर्ते गर्नेहरु फेला परेकाे उहाँकाे भनाई छ ।

पक्राउ पर्नेहरुमा जिल्ला नबलपरासी मध्यबिन्धु बस्ने जयराम श्रेष्ठ , गोर्खा सिरानचोक घर भै मजेरी ट्राभल खोली बसेका भक्त बहादुर थापा, काठमाडौ नक्साल बस्ने दिपक केसि , सल्यान रामपुर घर हुने बल बहादुर राउत, काठमाडौ ३२ घर भै बानेश्वर मा ग्राफिक डिजाइन एन्ड पृन्टिङ सर्भिसका सन्चालक साइरेस बिसन्खे, गोर्खा बारपाक घर हुने बिपिन ढकाल, गोर्खा बारपाक सुलिकोट घर भै सोल्टिमोड मा ट्राभल खोली श्रम नक्कली बनाउने गरेका अजित फेवाली, उदयपुर बेलका न प घर हुने आशिष् श्रेष्ठ र त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान जिवराज तामाङ समेत ९ जना रहेका छन् ।

उनिहरु बाट ठूलो मात्रामा पलस २ को सर्टिफिकेट , होलोग्राम , स्टिकर , नक्कली आधार कार्ड, नक्क्ली नाता प्रमाणित , श्रम स्वित र नक्कली प्रहरी रिपोर्ट सहित कम्पुटर, cpu बरामद गरेको छ।उक्त case को अनुसंधान DSP गोविन्द पन्थी नेतृत्वको टोलिले गरेको थियो। यसरी गैर कानुनी तरिकाले नक्कली कागजातको आधारमा भिजिट भिसाको नाममा बैदेशिक रोजगारिमा पठाउन बिमानस्थ अध्यागमनका कर्मचारी , एयर लाइन्स, बैदेशिक रोजगारको डेस्क र केहि प्रहरीको समेत मिलोमतो भएको रहेकाे श्राेतकाे दाबी छ । साेही आशंकामा उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान लाई तिब्रता दिएको प्रहरी श्राेतकाे भनाई छ ।