राष्ट्रपति पाैडेलद्वारा सर्वसाधारणलाई टिका तथा आशीर्वाद प्रदान

देशको आवाज
७ कार्तिक २०८० १८:११

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको अवसरमा मङ्गलबार दिउँंसो राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारण, अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई टीका तथा जमरा लगाइदिनुभएको छ ।

उहाँले प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, सांसदहरू, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका प्रमुख, निजामती कर्मचारीलगायतलाई शीतल निवासमा अपराह्न २ः०० देखि ३ः०० बजेसम्म टीका जमरा लगाइदिनुभयो ।

त्यस्तै राष्ट्रपति पौडेलले आजै दिउसो ३ः०० देखि ५ः०० बजेसम्म सर्वसाधारणलाई पनि टीका–जमरा लगाइदिनुभयो । सर्वसाधारणको लाईन बाँंकी नै रहेकाले निर्धारित समयभन्दा एक घन्टापछि सम्म पनि सर्वसाधारणलाई टिका तथा जमरा लगाइदिनेक्रम जारी थियो ।